काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज शुक्रबार विहान ११ बजेका लागि नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।
सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
लेखकका अनुसार उनीहरुले कांग्रेस सांसदहरुलाई सम्पत्ति शुद्धीकरण विधेयकबारे सुझाव दिने छन् । कांग्रेसले संसदमा आएका हरेक विधेयकमाथि आगामी दिनमा पनि सम्बन्धित विज्ञसँग परामर्श लिने लेखकले बताए ।