धनगढी । कैलालीको धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ गते देखि २० गतेसम्म हुन लागेको मेलाको तयारी अन्तिम चरणमा रहेको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
प्रदर्शनीको यो दोस्रो संस्करण हो । धनगढीमा २०७२ सालमा ओम प्यालेसमा प्रथम प्रदर्शनी शुरु भएको थियो । दोस्रो संस्करण सन २०२० मा सञ्चालन गर्ने भएपनि कोभिड महामारीका कारण हुन सकेको थिएन । आयोजक एसोसियनसनका अध्यक्ष यज्ञराज ओझाले दोस्रो संस्करण २०२० मै सञ्चालन गर्ने भनिएपनि कोभिड महामारीका कारण गर्न नसकिएको बताए ।
सात बर्षपछि सञ्चालन हुन लागेको मेलालाई प्रविधिका सामाग्री खरिद विक्रीभन्दा पनि सूचना, जानकारी तथा प्रविधिको विकासमा जोड दिइने छ । मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिइने मुल आयोजक समितिका संयोजक नरेन्द्रसिंह धामीले बताए ।
इन्फोटेक मेला मुल संयोजक नरेशसिंह धामीका अनुसार देश विदेशमा भित्रिएका नविनतम प्रबिधिको बारेमा मेलामा जानकारी दिइने छ । त्यसैगरी सवै प्रकारका प्रबिधिहरुको एउटै ठाउँमा प्रदर्शनी गरिने छ । यसका साथै प्राबिधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमीनारको पनि आयोजना गरिने छ ।
प्रबिधिको प्रयोगसंगै बालबालिकाहरु मोबाइल तथा कम्यूटरमा बढी समय व्यतित गर्ने गरेको अवस्थामा उनीहरुलाई गलत बाटोमा जानबाट कसरी रोक्ने भन्ने बारेमा पनि मेलामा जानकारी गराइने इन्फोटेक २०२३ का निर्देशक टेकराज पनेरुले बताए । मेलामा विद्यार्थीले उत्पादन गर्ने प्राबिधिक सामग्रीको पनि प्रदर्शनी हुने छ ।