काठमाडौं। बलात्कार आरोप लागेका पल शाहको मुद्दामा सुनुवाइ सुरु भएको छ।
उच्च अदालत पोखरामा न्यायाधिश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा शाहको मुद्दाको सुनुवाइ भइरहेको हो। उनको मुद्दामा आज अन्तिम फैसला आउने सम्भावना छ।
शाहलाई जिल्ला अदालत तनहुँले माघ १३ गते सफाइ दिएको थियो। तर, उनी जेलबाट छुटेका थिएनन्।
उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो। तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको थियो।
जिल्ला अदालत नवलपुरको बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोक्ने फैसलाविरुद्ध शाह उच्च अदालत पोखरा गएका थिए। उक्त मुद्दामा अहिले सुनुवाइ सुरु भएको हो।
सम्बधित समाचारः सफाइ पाए पनि जेलबाट किन छुटदैनन् पल शाह ? यस्तो छ कारण
उनी हाल तनहुँ कारागारमा छन्।