नेपालमा गर्मी मौसमको सुरुवात भइसकेको छ । विशेषज्ञहरुको सल्लाह अनुसार यस्तो समयमा दिनहुँ क्लीनजिंग, टोनिंग तथा मोइश्चराइजिंगका साथै पोषक आहार पनि लिन जरुरी हुन्छ ।
तपाईको छालामा सधैं ताजगी बनाइराख्न हामी केही उपाय बताउँदै छौं ।
१. घामबाट बच्नुहोस्
यस्तो सनस्क्रीन छान्नुहोस् जसले तपाईको छालालाई खतरनाक किरणबाट बचाओस् । नेपाली छालामा ३० एसपीएफ भएको सनस्क्रीन राम्रो हुन्छ । घरबाट बाहिर निक्लनुभन्दा २० देखि ३० मिनेट पहिले सनस्क्रीन लगाउनुहोस् । सनग्लास पनि लगाउनुहोस् । दिनभर घरमै बसेको बेला पनि सनस्क्रीन लगाउन नभुल्नुहोस् ।
२. दैनिक सरसफाई जरुरी
छालालाई रोगमुक्त गर्नको लागि दैनिक दुईपटक क्लीनजिंग, टोनिंग तथा मोइश्चराइजिंग गर्नुहोस् ।
३. स्क्रबको प्रयोग
रुखो तथा सुख्खा छालाबाट छुट्कारा पाउनको लागि स्क्रब गर्नु जरुरी हुन्छ । स्क्रब गर्दा मृत तथा पुरानो छाला हट्छ । कुहिनो र घुँडाको मृत कोशिका हटाउनको लागि एक दिन छोडर कागतीमा चिनी राखेर त्यसले हल्का रगड्दै सफा गर्नुहोस् ।
४. कपालको समस्या
गर्मीमा कपालको नमी हराउँछ । यस्तो बेलामा विभिन्न खाले केमिकल तथा हेयरस्टाइल बनाउने उपकरणहरुको प्रयोग गर्नुहुँदैन । दिनहुँ स्याम्पु प्रयोग गर्दा पनि कपालको चमक हराएर जान्छ । त्यसैले कपालमा माइल्ड स्याम्पु तथा कन्डीशनर प्रयोग गर्नु राम्रो हुन्छ ।
५. खुट्टाको देखभाल
खुट्टामा दिउँसोको समयमा सनस्क्रीन तथा साँझमा हल्का मोइश्चराइजरको प्रयोग गर्नुहोस् ।
६. पौष्टिक खानपान
गर्मीको समयमा धेरै पानी पिउनुहोस्, साथै हल्का तर पौष्टिक आहार लिने सल्लाह दिइन्छ । आफ्नो छालालाई हाइड्रेड राख्नको लागि ताजा फलफूल तथा तरकारीहरु खानुहोस् । खानामा काँक्रा, करेला, पालक, खरबुजा, सुन्तला, चेरी, पलम तथा लिच्ची जस्ता तरकारी तथा फलफूलको सामेल गर्नुहोस् ।