काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने विदेश जान पाउने भएका छन् ।सर्वोच्च अदालतले सोमबार सन्दीपलाई विदेश जान अनुमति दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश सदर गर्दै सन्दीपलाई विदेश जान समेत अनुमति दिएको हो।