काठमाडौँ । अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्याँसको मूल्य बढेर आए पनि नेपाल आयल निगमले तत्काल मूल्यवृद्धि नगर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन पछि निगमले तत्काल मूल्यवृद्धि नगर्ने निर्णय लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य रु. ३३९.०६ बढेर आएको भए पनि आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यान राख्दै तत्काल मूल्यवृद्धि नगर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए ।यस्तै इन्धनको मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ।
