काठमाडौँ । शाहरूख खान र दीपिका पादुकोणको मुख्य भूमिका रहेको हिन्दी फिल्म ‘पठान’ ले हजार करोडभन्दा बढीको व्यापार गरेको छ । बुधबारसम्म फिल्मले एक हजार २२ करोड कलेक्सन गरिसकेको इन्डियन एक्सप्रेसले जनाएको छ ।
‘पठान’ ले भारतभित्र मात्रै भारतीय रुपैयाँ ५ सय २६ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । हिन्दी भर्सनसहित तमिल र तेलगु भाषामा गरी फिल्मले बक्सअफिसमा ५ सय २६ करोड ५८ लाख कलेक्सन गरेको जनाइएको छ ।
त्यसमध्ये हिन्दीको कलेक्सन मात्रै ५ सय ८ करोड छ । हिन्दी कलेक्सनमा फिल्मले ‘बाहुबली–२’ लाई जित्ने देखिएको छ । प्रभाव अभिनीत ‘बाहुबली–२’ को हिन्दी कलेक्सन ५ सय ११ करोड थियो ।
‘पठान’ जनवरी २५ मा हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज भएको थियो ।