काठमाडौं । ग्याँस लिक भएर आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरु सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन् ।
उनका ठूलो दाजु मीन भण्डारीले भने– अहिले सबै स्वास्थ्य पारामिटरहरु सामान्य छन् । सोमबार ड्रेसिङ गर्ने तयारी गरिएको छ । कलमी छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ । स्थ्यास्थ्यमा सुधार भइरहेको छ । डाक्टर र अस्पताल प्रशासन द्वारा आगन्तुकहरूलाई कडाइका साथ निषेध गरिएको छ।
फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।