काठमाडौँ । हालै जेलमुक्त भएका अभिनेता पल शाहले बितेको एक वर्षलाई सिकाईको उर्बर समयको रुपमा लिएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत फागु पूर्णिमाको शुभकामना दिँदै अभिनेता शाहले बितेको एक वर्षलाई आफूले सिकाईको उर्बर समयको रुपमा लिएको र मनमा कसैप्रति रिस र कुनै प्रतिशोधको भावना नभएको बताएका हुन् । साथै उनले बितेको एक बर्षको त्यो घटनासंग जोडिएका ब्यक्तित्वहरुमा सम्मान व्यक्त गर्दै कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरीदिन पनि आग्रह गरेका छन् ।
अब आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य रहेको उनको भनाई छ ।