काठमाडौँ । राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एकअर्काको प्रशंसा गरेका छन् ।सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान चलिरहँदा दुवैले सँगै उभिएर एकअर्काको प्रशंसा गरेका हुन् ।
नेम्वाङकै नेतृत्वमा देशमा संविधान आएको भन्दै पौडेलले भने, ‘उहाँ संविधानसभा अध्यक्ष भएर देशमा संविधान आएको हो, यो व्यवस्था ल्याउन नेम्वाङजीको धेरै ठूलो योगदान छ, त्यो योगदानको हामीले प्रशंसा गर्नुपर्छ।’
नेम्वाङले पनि पौडेलको प्रशंसा गर्दै जसले जिते पनि लोकतन्त्रले जित्ने बताए । जो जिते पनि संविधान, लोकतन्त्र र कानुको शासनको पक्षमा हुने भन्दै उनले सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । उनले जितको लागि आफूसहित पौडेललाई पनि शुभकामना व्यक्त गरे