काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले भ्रमण सफलताको शुभकामना दिँदै आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल-जापानमैत्री संसदीय लिग स्थापना गरेको स्मरण गरे ।
सभामुख घिमिरेले आईपीयू सम्मेलनका कारण आफू २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्नेसमेत जानकारी गराएका थिए ।