काठमाडौँ । आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवारमाथि दाबी विरोध गर्ने कार्यतालिका छ ।
त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गरी सक्नुपर्नेछ ।शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी विरोध गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
सो दाबी विरोध पछि भोलि ५ बजेसम्म छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । स्ववायु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।