काठमाडौं । सर्वोच्च अदालतमा जनयुद्ध दिवस खारेजीको माग गर्दै परेको रिट निवेदन दरपिठ भएको छ । सोमबार सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले मुलुकी देवानी कार्यविधि सहित २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमवादी २०७४ को नियम १८ (२) बमोजिम दरपिठ गरिएको जानकारी दिए।
सरकारले वार्षिक क्यालेन्डरमा जनयुद्ध दिवसलाई समावेश गरी सार्वजनिक बिदा दिने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध रामेछापका कल्याण बुढाथोकीले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
उक्त रिट निवेदनको विषयवस्तु सरकारको नीतिगत विषय भएको भन्दै सर्वोच्चले दरपिठ गरेको हो । यस प्रकारका विषयमा प्रवेश गरी अहिले नै न्यायिक निरूपणको विषय बनाउन उपयुक्त नहुने भन्ने आदेश भइसकेको उल्लेख गर्दै सर्वोच्चले उक्त रिट दर्ता नगरेको हो ।