धनगढी । नेकपा एमालेका नेता भीम रावलले एमालेले आफूमाथि अझै अन्याय गरे नयाँ निर्णय लिने चुनौती दिएका छन्।
उनले आफूसँग अझै सहने क्षमता रहेको बताउँदै अति गरे सोच्नुपर्ने अवस्था आउने उल्लेख गरे।
मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी नेता रावलले आफूले ५० वर्ष पार्टीमा लगानी गरेकाले कसैले भन्ने बित्तिकै पार्टी नछाड्ने जिकिर गरे।
उनले सोमबार अछामको साँफेबगरमा एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी कार्यक्रम बिथोलिएको घटनामा आफ्ना समर्थकको बचाउ गर्दै अछाममा कार्यकर्ताले कार्यक्रम बिथोल्नु शीर्ष नेताहरूकै गल्ती रहेको बताए।