काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।मन्त्रालयको भागबण्डा मिलाउन बिहान बालुवाटारमा १० दलीय गठबन्धनको बैठक बसेको हो ।
आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको छ ।
अहिले बैठक केही बेर स्थगित भएको छ । आजै दिउँसो तीन बजे फेरि बस्ने गरी बैठक रोकिएको हो । हिजोको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि दलहरुले धेरै मन्त्रालय मागेपछि सहमति बन्न सकेको थिए।
कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३-३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि हिजोको बैठक निष्कर्षविहिन बनेको थियो।