काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले पाउने मन्त्रालयको विषयलाई आज टुंग्याउँदै छन् । बुधबारको गठबन्धन बैठकमा मन्त्रालयको संख्याको विषयमा सहमति जुटे पनि कुनकुन मन्त्रालय पाउने भन्नेमा भने अझै टुंगो लाग्न सकेको छैन ।
मन्त्रालय बाँडफाँटको विषयलाई टुङ्ग्याउन आज बिहान पनि गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बस्ने बैठकले मन्त्रालयको नाम टुंगो लगाउने र आजै मन्त्रीको शपथ गराउने तयारी छ ।
बुधबारको गठबन्धनको बैठकमा भएको सैद्धान्तिक सहमतिअनुसार नेपाली कांग्रेसले आठ, माओवादीले पाँच, नेकपा (एकीकृत समाजवादी)र जनता समाजवादी पार्टी (जसपा) ले दुईरदुई मन्त्रालय पाउने छन् ।
त्यस्तै, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र प्रभु साहले एकरएक मन्त्रालय पाउने सहमति भएको छ । सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा भने कुनै पनि मन्त्रालय छुट्याइएको छैन ।