कामठाडौँ । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन: २ बजे बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए ।
उनले भने,‘आज धेरै छलफल हुन सकेन । प्रधानमन्त्रीको बाहिर जाने कार्यक्रम भएर छिटै बैठक सकियो पुनः दुई बजे बस्ने गरी उठेका छौ ।’ उनले धेरै विषय टुगिसकेपनि केही विषय टुङ्ग्याउन बाँकी रहेको बताए ।