काठमाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनबाट चुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि यो क्षेत्र रिक्त भएको थियो।
यस्तै तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।मंसिर ४ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्र रिक्त भएको हो ।