काठमाडौँ । नेपाल सुशासन पार्टीका अध्यक्ष एवं पूर्व डीआइजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–२ मा चुनाव लड्ने भएका छन्। वैशाख १० मा हुने उपनिर्वाचनमा उनले रास्वपामा आवद्ध भएर बारा–२ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा-२ बाट रास्वपामा आवद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु। डाक्टर प्रणय राणाको प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु।’
२०७८ साल मंसिर २४ गते नेपाल सुशासन पार्टी खोलेका खरेलले गत मंसिरमा भएको आम निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लडेका थिए। उनी सो निर्वाचन क्षेत्रमा ३ हजार १ सय २४ मतका साथ तेस्रो भएका थिए।