काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चार दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल आज निको भएर शीतल निवास फर्किएका हुन् ।
राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए।