काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई निम्ता दिएका छन् । काठमाडौँ आएका बेला उनले आधिकारिक पत्रसहित श्रमदानका लागि निम्ता दिएका हुन् ।

धरानमा खानेपानीको समस्या समाधानका लागि चलिरहेको श्रमदान अभियानमा सहभागिताका लागि उनले दुबै जनालाई पत्रमार्फत अनुरोध गरेका छन् ।
‘दशकौँ पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या र आपूर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु’, उनले पत्रमा भनेका छन् ।पत्रमार्फत उनले धरानको विकासका साथै र संक्षिप्त चिनारी पनि गराएका छन् ।
