काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सरेको छ ।सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन बिहान ९ बजेका लागि बोलाएको बैठक दिउँसो २ बजेलाई सारिएको छ ।
केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडिओसम्बन्धी प्रतिवेदन हिजो सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो।
समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओमा भएको आवाज आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईँलाई नचिनेको र फोन संवादसमेत नगरेको दाबी छन् ।