काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको हो।
यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । बुधबार एक जना सङ्क्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या १२ हजार २२ पुगेको छ । पछिल्लो २४ घन्टामा १२१ जनाको कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।