काठमाडौं । मानव शरीरको आधा भाग पानीले बनेको हुन्छ । यही कारणले गर्दा चिकित्सकले जहिले पनि धेरै पानी पिउन आग्रह गर्छन्।
पानी पिउनाले हाम्रो शरीरको तापक्रम नियन्त्रणमा रहन्छ र डिहाइड्रेसनको समस्या हुँदैन। स्वास्थ्य विज्ञहरू सधैं दिनभरि तीन लिटर पानी पिउने सल्लाह दिन्छन्। तर, यो पनि ध्यानमा राख्नुपर्छ कि धेरै पानी पिउनाले स्वास्थ्यलाई हानि पनि पुर्याउँछ। कति पानी खाने भन्ने कुरामा सचेत हुनु आवश्यक हुन्छ।
तिर्खा किन लाग्छ ?
भारतका प्रख्यात डाइटिसियन आयुषी यादवका अनुसार हाम्रो मष्तिष्कमा थ्रेस्ट सेन्टर हुन्छ। जसले शरीरमा पानीको कमी हुँदा संकेत दिन्छ। जब तपाईंको शरीरलाई तिर्खा लागेको महसुस हुन्छ, त्यस समयमा त्यहाँ पेप्टाइडको स्राव हुन्छ, जसले थ्रेस्ट सेन्टरलाई संकेत गर्छ कि अब पानी पिउनुपर्छ। जसले गर्दा हामीलाई तिर्खा लाग्ने गर्छ।
तिर्खा लाग्दा पानी पिउनु सामान्य कुरा हो । तर तिर्खा नलागेर पनि पानी पिउने हो भने यसले साइकोजेनिक पोलिडिप्सिया जस्ता समस्या आउन सक्छ। जसका कारण शरीरमा तरल पदार्थको मात्रा बढ्छ । जुन स्वास्थ्यका लागि धेरै राम्रो होइन ।
धेरै पानी पिउनाले निम्त्याउन सक्छ यस्ता खतरा
धेरै पानी पिउने मानिसको शरीरमा सोडियमको मात्रा कम हुन थाल्छ । र तन्तुहरूमा पानीको मात्रा बढ्न थाल्छ। यसलाई हाइपोनेट्रेमिया भनिन्छ। यसले मस्तिष्कमा ठूलो क्षति पुर्याउँछ।
हाइपोनेट्रिमियाको लक्षण
टाउको दुख्नु
थकावट
ऊर्जाको कमी
वाकवाकी
वान्ता
कम रक्तचाप
मांसपेशी दुखाइ
बेचैनी
रिसाउनु
गम्भीर अवस्थामा, व्यक्ति कोमा पनि जान सक्छ।
एक दिनमा कति पानी पिउने ?
डाइटिशियन यादवलाई उल्लेख गर्दै एबीपी लाइभले जनाए अनुसार दिनमा ८–१० गिलास पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ। यदि तपाईंले योभन्दा बढी पानी पिउने गरेको खण्डमा भने, यो त शरीरको शत्रु पनि बन्नेछ र तपाईंको स्वास्थ्य बिग्रन्छ।