काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार, तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ ।आइतबार पनि सुन र चाँदीको खरिद बिक्री सोमबारकै मूल्यमा भएको थियो ।