मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।
लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।
लसुनका अन्य पनि धेरै फाइदा छन् ।
-तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ ।
-छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।
-लसुन खाँदा रक्तचाप स्थिर हुन्छ ।
-यसले हाइपरटेन्सन पनि घटाउँछ ।
-लसुनले पेनकिलरको पनि काम गर्छ ।
-शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ।
-लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।
-लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।
-स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।