काठमाडौं । कानुन मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आएको सो जिम्मेवारी अब रक्षा मन्त्री खड्काले समाल्ने भएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार मंगलबार रक्षा मन्त्री खड्काले सम्हाल्ने गरी तोकेका हुन्।