काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बुधवार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।