कर्णाली । कर्णाली प्रदेश सरकारमा सहभागी भएका कांग्रेसका तीन मन्त्रीहरुको शपथ आज हुँदैछ । नेपाली कांग्रेस प्रदेशसभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेसँगै उनीहरुको शपथ हुन लागेको हो ।
मंगलबार बसेको कांग्रेस प्रदेशसभा दलको बैठकले गत चैत्र २५ गते नेकपा एमालेका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसी रहेको नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।