काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईमा एक नेपालीलाई ७१ करोड ७७ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ ।
ठेगाना र थर नखुलाइएका पदम नामका नेपालीलाई महजुज राफल ड्रमार्फत २ करोड यूएई दिराम बराबरको चिट्ठा परेको हो । जसको नेपाली रुपैयाँ ७१ करोड ७७ लाख ८२ हजार ४९६ हुन्छ ।

२ वर्षअघिदेखि हरेक साता हुँदै आएको महजुज लक्की ड्रको १२४ औं संस्करणको मुख्य चिट्ठा पदमलाई परेको यूएईका अनलाइनले जनाएका छन् ।