काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायतकी राजदूत निकोला पोटिलबीच भेटवार्ता भएको छ ।
नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत पोलिट बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।
उक्त अवसरमा विकास सहकार्य, दुई मुलुकबीच मैत्रीपूर्ण सन्धी भएको एक सय वर्ष, जलवायु परिवर्तन र अन्य द्विपक्षीय आपसी चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।