चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा सुरु भएका ठूला विकास आयोजना सम्पन्न भएसँगै विकासमा क्रान्ति आउने बताएका छन् ।
लोकतान्त्रिक-वाम गठबन्धनले आज कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले काठमाडौँ-चितवन द्रुतमार्ग, शक्तिखोर औद्योगिक क्षेत्र, रंगशाला, विमानस्थल विस्तार, नारायणी तटबन्धजस्ता ठूला आयोजना सम्पन्न भएपछि चितवनको विकासमा क्रान्ति आउने बताएका हुन् ।
उनले भने, ‘शक्तिखोरको औद्योगिक क्षेत्र मैले नै प्रस्तावित गरेको हुँ, म अहिले प्रधानमन्त्री भएको बेलामा यसलाई सम्पन्न गर्ने काममा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले औद्योगिक क्षेत्रको काम छिट्टै अघि बढ्ने बताउँदै भने,’चितवन क्षेत्र नं २ मा जीतनारायण श्रेष्ठ निर्वाचित भएर गएपछि यसलाई अघि बढाइने कुरामा उहाँको भूमिकालाई पनि बढाइने छ ।’