काठमाडौं । निर्वाचन आयोगले तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण माग गरेको छ।
सत्ता गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका भट्टराईले भ्वाइस मेसेजमार्फत मत मागेपछि आयोगले स्पष्टीकरण सोधेको हो।
जिल्ला आचारसंहिता अनुगमन समितिले ‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ? ’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।