काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा निर्माण गरेर नेकपालाई पुनर्जीवित गराउने बताएका छन् ।
नेकपा स्थापना दिवसको अवसरमा आइतबार नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी मोर्चामार्फत पार्टी एकताका लागि प्रयास हुने बताए ।
उनले विगतमा भएको घटनाबाट शिक्षा लिँदै नयाँ प्रक्रियाबाट एकता अघि बढाउनु पर्ने पनि बताएका थिए । यस क्रममा उनले २०७४ सालको चुनावमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्राप्त गरेको करिब दुई तिहाईको जनमत विगतमा पनि नभएको र भविष्यमा प्राप्त हुनेमा शंका रहेको बताए ।