काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले हालसम्म ७२९३ मत ल्याउँदै अगाडि छन्।
बिहान ८ बजेसम्मको मतगणना अनुसार वाग्लेले सो मत पाएका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत प्राप्त गरेका छन् । तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत धेरै छ । अहिलेसम्म १३ हजार ६५ मतगणना सम्पन्न भएको छ ।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।
२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तनहुँ-१ मा करिब ५२ प्रतिशत मत खसेको छ । चितवन-२ र बारा-२ मा भने मतगणना हुन सकेको छैन् ।