चितवन । चितवन-२ को मतगणना सोमबार सोमबार दिउँसो १ बजेबाट सुरू हुने भएको छ। सर्वदलीय र सर्वपक्षीय बैठकले सोमबार बिहान यस्तो निर्णय गरेको बैठकमा सहभागी चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए ।
हिजो आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ ।
चितवन-२ मा रास्वपाका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धामा छन् ।
यससँगै तनहुँ-१ मा भने मतगणना भइरहेको छ । त्यहाँ रास्वपाका स्वर्णिम वाग्लेले कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनालसहितका उम्मेदवारलाई उछिन्दै अग्रता कायम गरिरहेका छन् ।