तनहुँ । तनहुँ १ को मत गणना जारी रहँदा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराईले हार स्वीकार गरेका छन् ।
मत गणना अन्तिमतिर आउँदा प्रतिस्पर्धी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेभन्दा करिब १० हजार मतले पछाडि परेपछि भट्टराईले फेसबुकमा स्टाटस लेख्दै हार स्वीकार गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
उनले अगाडि भनेका छन्, हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो ।’ उनले आफूलाई मतदिनेप्रति आभारसमेत प्रकट गरेका छन् ।