काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकटतम् प्रतिस्पर्धीलाई ३३ हजार मतले उछिनेका छन् ।
लामिछानेले ४० हजार ६१ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।
आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ ।