दाङ । नेकपा एमालेले लुम्बिनी प्रदेशमा ठूलो दलको हैसियतमा सरकार गठनका लागि दावी पेश गरेको छ। एमाले संसदीय दलका नेता तथा कामचलाउ बनेका मुख्यमन्त्री लिला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनको दावी पेश गरिएको हो।संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकारले बहुमत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढल्न पुगेको छ। त्यसपछि एमालेले ठूलो दलको हैसियतमा सरकार गठनको दावी पेश गरेको हो।
लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ। जसमा नेकपा एमालेका २९ सांसद छन् । नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १–१, स्वतन्त्र १ छन्।