काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
यादवले १८ हजार ८०८ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १५ हजार ४ सय ५८ मत पाएका छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन् । उनले ५ हजार ५६३ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार २ सय ६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन् ।