काठमाडौँ । नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको पदस्थापन भएको छ । नेपाल प्रहरीले १३ डीआईजीहरूको बुधबार पदस्थापन गरेको हो । उनीहरू हालै बढुवा भई पदसस्थापन भएका हुन् ।
डीआईजी विष्णुकुमार केसीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा पदस्थापन गरिएको छ । भरतबहादुर बोहरालाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा पदस्थापन गरिएको छ भने रविन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा पदस्थापन गरिएको हो ।
राजेशनाथ बास्तोलालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदस्थापन गरिएको छ भने चन्द्रकुवेर खापुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ । यस्तै जनक भट्टराईलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा,लालमणि आचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी,काठमाडौं,सुरेन्द्रप्रसाद मैनालीलाई अपराध अनुसान्धान निर्देशनालय नक्साल, काठमाडौं, अर्जुनचन्द ठकुरीलाई साइबर ब्यूरो भोटाहिटी काठमाडौं पदस्थापन गरिएको हो ।
यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, काठमाडौंमा यज्ञविनोद पोखरेल, विकासराज खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग निर्देशनालय, नक्साल काठमाडौं , प्रहरी महानिरीक्षकको सचिवालयमा कुवेर कडायत र केदार ढकाललाई प्रबन्धन निर्देशनालयमा पठाइएको छ ।