काठमाडौँ । पूर्ववत् अवस्थामा प्रदान गरिरहेको एनओसी निरन्तर प्रदान गर्ने गरी शिक्षा मन्त्रालयले निर्देशिका संशोधन गरेको छ । शिक्षा मन्त्रालयले बुधवार वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै अब विदेशमा डिप्लोमा र भाषा पढ्न पाइने भएको हो ।
वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ ले स्नातक तहपछिका शिक्षालाई मात्र उच्च शिक्षा परिभाषित गरेकाले त्यसभन्दा मुनिका कुनै पनि शैक्षिक कार्यक्रमका लागि चैत १९ गतेदेखि एनओसी दिन बन्द गरिएको थियो ।
त्यसपछि विभिन्न शैक्षिक परामर्श र नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका थिए। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले शिक्षा मन्त्रालयलाई डिप्लोमा र भाषा पढ्न जानेहरू विद्यार्थीलाई एनओसी रोक्ने गरी आएको निर्देशिकालाई कार्यान्वयन नगर्नु भनेर ठाडो निर्देशन समेत दिएका थिए ।
प्रधानमन्त्रीको ठाडो निर्देशन पछि बुधवार मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गरेको हो । अब कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एडभान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न पाउनेछन् । नयाँ निर्देशिका जारी भएपछि भाषा पढ्नका लागि जापान, कोरिया जाने हजारौँ विद्यार्थी र डिप्लोमा, एडभान्स डिप्लोमा विदेश पढ्न जाने विद्यार्थीलाई फाइदा पुगेको छ । यो निर्देशिका संशोधन गरेर जारी गराउनको लागि नेपालका शैक्षिक परामर्श दाताहरूले सकारात्मक भूमिका खेलेका छन् ।
यस्तो छ संशोधन गरिएको वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९