काठमाडौँ । हङकङलाई हराउँदै कुवेत एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कुवेतले हङकङलाई ३० रनले हरायो।
कुवेतले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ ५० ओभरमा २ सय ४२ रन बनाउँदा अलआउट भयो । हङकङका कप्तान निजाकत खानले ६०, एजाज खानले ४९ र यासिम मुर्तजाले ४३ रन बनाए । कुवेतका शाहरुख कुद्दुसले ३ र यासिन पटेलले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनायो । कुवेतका शिराज खानले ६७, उसमान पटेलले ५० र अदनान इद्रीसले ४५ रन बनाए । हङकङका एहसान खानले ३ विकेट लिए ।
समूह 'बी' मा रहेको कुवेत ४ खेलमा ६ अङ्कसहित सेमिफाइनल पुगेको हो । यो समूहबाट यूएई पनि सेमिफाइनल पुगिसकेको छ ।