काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले कुवेतलाई २ सय ८२ रनको लक्ष्य दिएको छ ।
त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८१ रन बनाएपछि कुवेतले २ सय ८२ रनको लक्ष्य पाएको हो ।नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए ।
यस्तै, कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २, भीम शार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिँह ऐरीले खाता खोल्न पनि सकेनन् ।
कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २/२ विकेट लिए । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको थियो । अब दुवै टोलीले ४२/४२ ओभरको खेल खेल्नेछन् ।