काठमाडौँ । भारतमा उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । उनि आज नै राति स्वदेश फर्किने भएका छन् ।
पेट र छातीमा समस्यामा देखिएपछि गएको वैशाख ६ गते राष्ट्रपति पौडेल उपचारका लागि भारत गएका हुन् । उनि दिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किन लागेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्तिअनुसार उनि नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपति पौडेललाई डाक्टरले केही हप्ता आराम गर्न सुझाव दिएका छन् ।