काठमाडौँ । सभामुख देवराज घिमिरले हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सांसद पदबाट निलम्बन गरेका छन् ।
प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख घिमिरेले कोइरीलाई निलम्बन गरेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम उनलाई निलम्बन गरिएको हो । संघीय संसद् सचिवालयको सूचना पाटीमा निलम्बनसम्बन्धी सूचना टाँसि निलम्बन गरिएको हो ।
प्रहरीले दुई दिनअघि कोइरी अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा फरार रहेको पत्र संसद् सचिवालयमा पठाएको थियो ।
सात वर्षअघि महोत्तरीमा नेपाल प्रहरीका सई थमन विश्वकर्मा हत्या आरोपमा जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो ।