काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ३ जना गम्भीर घाइते भएका छन् । भने दुई जना सामान्य घाइते भएका हुन् । गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं ल्याइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनबाबु खड्काले बताए
दुर्घटनामा ५ जना घाइते भएका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।
उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो ।घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङका अनुसार माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताए ।