काठमाडौं । सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
उनकै गृहजिल्लावासी विकासकुमार ठाकुरले सिंहले अकुत सम्पत्ति जम्मा गरेको दाबी गर्दै सोमबार अख्तियारमा उजुरी दिएका हुन् ।
सामान्य परिवारमा जन्मिएका सिंह राजनीतिकबाहेक अन्य पेशारव्यवसायमा संलग्न नभए पनि अकुत सम्पत्ति आर्जन गरेको निवेदकले दाबी गरेका छन् ।
लामो समय नेपाली कांग्रेसको राजनीति गरेका सिंह गत निर्वाचनमा स्वतन्त्र उठेर चुनाव जितेका थिए ।