बझाङ । बझाङमा हिमपहिरोले परिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ।सुर्मा गाउँपालिका– १ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको शव फेला परेको प्रहरीले जनाएको हो।
यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा उनी वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएकी थिइन्।
बेपत्ता भएको दिनदेखि नै स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजिकार्य गरेकोमा सोमबार बिहान मात्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।