काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आम जनताको समस्या र देशमा मौलाएर गएको भ्रष्टाचारको विरुद्धमा आफूले अर्धनग्न भएर विरोध गरेको बताएका छन् ।
सांसद सिंहले सोमबार बसेको संसदीय दलको बैठकमा नक्कली भुटानी शरणार्थी बनाएर ठूलो मात्रामा भ्रष्टाचार भएको विषयमा बोल्न खोज्दा समय नपाएपछि आफूले विरोध जनाएको बताए ।
सम्बन्धित मन्त्री, सचिव या अन्य सबैलाई कानूनको दायरामा लगेर निष्पक्ष ढङ्गबाट निर्णय हुनुपर्छ भन्दा आफूलाई बोल्न समय नदिएको उनको जिकिर छ ।
उनले नेपालमा भ्रष्टाचारको परिभाषा साना मान्छे वा साना कर्मचारीलाई मुद्दा लगाउने र ठूला राजनीतिक तहका नेताहरूलाई उम्काउनेजस्तो भएको टिप्पणी गरे ।